Shikhar Insurance
National Life

शनिबारदेखि सुरु हुने हक्की प्रतियोगिताका लागि करिब ३५ लाख खर्च हुने संघको अनुमान

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १८:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले बताएकी हुन् ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनिलप्रसाद शर्माले छैटौं हक्की प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने र समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने शर्माले बताए । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने जनाउँदै शर्माले प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता, उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ । ५ दिने प्रतियोगिताका खेलहरु काभ्रको धुलिखेल खेलकुद मैदानमा हुने संघले बताए । हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा हुने भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्