Shikhar Insurance
National Life

पोल्याण्डकी जोन ओलस्कीले गरीन् म्याग्दीकाे विद्यालयलाई डेढ करोड सहयोग

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १५:५६
Hyundai
NCELL
NIMB

म्याग्दी । एक जना विदेशी नागरिकको डेढ करोड सहयोगमा अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाँडा आधारभूत विद्यालयको पूर्वाधार निर्माण गरिएको छ । साविक राम्चे गाविस–८ धारापानीमा जन्मी हाल बेलायत निवासी गिरबहादुर गर्बुजाको समन्वयमा पोल्याडका नागरिक जोन ओलस्कीले सो विद्यालयको कक्षाकोठा भवनलगायतका पूर्वाधार निर्माणमा सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बुद्धि पुर्जाले गर्बुजाको पहलमा ओलस्कीको १ करोड ४५ लाख सहयोग गरेको बताए । उक्त रकमबाट ११ कोठे दुईवटा भवन निर्माण गरिएको छ । समन्वयकर्ता गर्बुजा गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि बेलायतको निजी कम्पनीमा काम गर्दै आएका छन् । उनी परिवारसहित बेलायतमा बसोबास गर्दै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोल्याण्डका नागरिक जोन ओलस्कीको सहयोगमा पाँच र छ कोठे दुईवटा भवन निर्माण भएको हो उनले भने ‘सहयोगदाता ओलस्की र समन्वयकर्ता गर्बुजालाई विद्यालयले सम्मान गरेको छ ।’ सहयोगदाता ओलस्किले आफूले गरेको सहयोगले दुर्गम गाउँका विद्यालयका बालबालिकालाई सहज भएकामा खुसी व्यक्त गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले इन्टरनेटमार्फत गरिने टेलिटिचिङको सामग्री पनि सहयोग गरेका थिए ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ४३ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन रहेको ठाउँमा पहिरोको जोखिम भएपछि करबाकेली थानमुनि विद्यालय स्थानान्तरण गरिएपछि भवनलगायतका पूर्वाधार अभावमा पठनपाठन प्रभावित भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्