काठमाडौं । सरकारले भोलि (वैशाख ११ गते) सार्वजनिक विदा दिने निणर्य गरेको छ । कतारका राजा (अमिर) टामिम बिन हमाद अल थानी भोलि नेपाल भ्रमणमा आउने हुँदा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारी राजाको भ्रमण दुई देशबीच दौत्य सम्बन्ध कायम भएको ४७ वर्षपछि हुने सबैभन्दा ठूलो भीआइपी भ्रमण हो । भ्रमणका क्रममा राजाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थहरुलाई भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्