काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । छापावाला सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ भएको हो । अघिल्लो दिन सुनको मूल्य १ लाख ३९ हजार ३ सय रुपैयाँमा स्थिर रहेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा करोबार भएको थियो ।
चाँदीको मूल्य १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्