Shikhar Insurance
National Life

बोल्टका लागि नेपालको आधिकारिक वितरकमा जगदम्बा मोबाइल्स नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गरेको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने कम्पनीले जनाएका हुन् ।

जगदम्बा मोबाइल्स नेपालको लागि बोल्टको आधिकारिक वितरकमा नियुक्त भए भएको छ । यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसबारे बोल्दै जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले भने,“भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।”

त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले भने,“जगदम्बा मोबाइल्स प्रा.लि.सँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको छ । जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँचयोग्य बनाउने छ भन्ने हाम्रो विश्वास रहेको छ । साथै यसले हाम्रो विश्वव्यापी बजार विस्तार गर्न पनि सघाउ पु¥याउनेछ भन्ने हामीले आशा राखेका छौँ ।”

यी सबै मोडलहरु आजबाट दराज लगायत जगदम्बा मोबाईल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्