काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन १ लाख ३९ हजार २ सय रुपैयाँमा स्थिर रहेको छापावाला सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्