Shikhar Insurance
National Life

चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १६:३२
Hyundai
NCELL
NIMB

गोरखा । चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध रहेका हुन् ।

भक्तजनलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुुप्रसाद पाठकले भने मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ । मन्दिरमा एकैदिन ७ हजार ५ सय भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गत वर्षभन्दा यसवर्ष चैते दसैँमा दर्शनार्थीको सङ्ख्या बढेको उनको अनुमान छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौं, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

भूकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना सङ्क्रमणका कारण केही वर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यसवर्ष मन्दिरमा आएकाले भक्तजनको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चैत्राष्टमी र चैतेदसैँमा कालिका मन्दिरमा विशेष पूजाआज हुन्छ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ । मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिए । कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्