काठमाडौं। संसदीय समितिले महालेखापरीक्षक तोयम रायको नाम सिफारिस गरेकाे छ । समितिको मंगलबार बसेको बैठकले रायको नाम संसदीय सुनुवाइ गरी महालेखापरीक्षकमा अनुमोदन गरेकाे हाे ।
समितिले रायलाई बैठकमा बोलाएर छ्लफल गरेको थियो । प्रस्तावित महालेखापरीक्षकमा राय विरुद्ध १ बेनामे र १ ट्रान्सफरेन्सी इन्टरनेसनलको विज्ञप्ति परेको थियो ।
सो मुद्दा महालेखा परीक्षक नियुक्ति इतिहासमै कम उजुरी भएको ससंदहरुले बताएका छन् । रायको नाम अनुमोदन गरि पठाइसकेको समितिको एक सदस्यले सिंहदरबारलाई जानकारी दिए ।
अब रायको नाम सरकारले राष्ट्रपति कार्यलय समक्ष सिफारीस गर्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले रायलाई ६ वर्षको लागि नियुक्ति दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्