Shikhar Insurance
National Life

सिन्धुपाल्चोकमा विपद् प्रभावित ५८ परिवारलाई घर

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १८:५१
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा विभिन्न समयमा आएका प्राकृतिक विपत्तिका घटनामा परेका ५८ परिवारको निजी आवास पुनःनिमाण सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालयका विपद् ‘फोकल पर्सन’ रविराज धितालका अनुसार चार सय ८१ परिवारले भने जग्गा खरिदसमेत गरेका छन् । उनीहरूले सरकारी अनुदानबापतको अन्तिम किस्ता २ लाखसमेत गरी कूल ५ लाख भुक्तानी लिएका हुन् । कूल एक हजार दुई सय ५४ लाभग्राहीले पुनःनिर्माणका लागि सम्झौता गरेकामा एक हजार आठ परिवारले पहिलो किस्ताबापतको ५० हजार प्राप्त गरेका छन् । एक सय ८८ परिवारले भने दोस्रो किस्ताबापतको २ लाख ५० हजार प्राप्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जग्गा खरिदका लागि चार सय ८१ परिवारले प्रतिपरिवार ३ लाखका दरले कूल १४ करोड ४३ लाख लिएका छन् । यसरी स्थायी आवास निर्माण किस्ताबापत वितरण गरेको कूल रकम २६ करोड ५६ लाख रहेको धितालले बताए । अस्थायी आवास निर्माणका लागिसमेत सरकारले प्रतिपरिवार ५० हजार दिनेछ । यसअन्तर्गतसमेत जिल्लामा सात सय ६७ परिवारले पहिलो किस्ताका रुपमा २५ हजार र एक सय ११ परिवारले अन्तिम किस्ताका रुपमा रु २५ हजार प्राप्त गरेका छन् ।

गत चैत मसान्तसम्म अस्थायी आवास निर्माणका लागि जिल्लामा २ करोड १९ लाख ५० हजार खर्च भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्