काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अब ध्यान सत्तामा नभएर कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् । शुक्रबार ट्वीट गर्दै डा. भट्टराईले तीनै तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन, वितरण, बेड तथा उपकरण र खोपको व्यवस्थापनमा युद्धस्तरको काम गर्नुपर्ने बताएका हुन् ।
उनले जनताको जिउज्यान रहे राजनीति हुँदै गर्ने बताउँदै पहिला नागरिकलाई बचाउन लाग्नुपर्ने धारणा राखेका हुन् ।
अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण,बेड/उपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला!
— Baburam Bhattarai (@brb1954) May 14, 2021
प्रतिक्रिया दिनुहोस्