काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.८२ अंकले घटेर २००६.५२ पुगेको हो ।
सोमबार ३१४ कम्पनीको ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ती पावर कम्पनीको सेयरमा सर्किट लागेको हो ।
साथै, खानीखोला हाईड्रोपावर कम्पनीको लिमिटेडको ७.४३ प्रतिशत, निफ्रा ऊर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६ को ७.११ प्रतिशत, मान्दु हाईड्रोपावर लिमिटेडको सेयरमा ६.०१ प्रतिशत सहित २१६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्