काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.८२ अंकले घटेर २००६.५२ पुगेको हो ।
सोमबार ३१४ कम्पनीको ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ कारोबार भएको छ ।
आज सेयर बजार घटे पनि केहि कम्पनीको सेयर मूल्य भने बढेको छ । ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७ को ७.०९ प्रतिशत, मेन्छियाम हाईड्रोवार लिमिटेडको ७.०५ प्रतिशत, मिड सोलु हाईड्रोपावर लिमिटेडको ५.९३ प्रतिशत सहित ७६ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्