Shikhar Insurance
National Life

कञ्चनपुरमा लागुऔषध मुद्दा, २१६ जना कारबाहीको दायरामा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार ११:३८
Hyundai
NCELL
NIMB

कञ्चनपुर । बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८० को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका हुन् ।  उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भने प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए । सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो”, उहाँले भन्नुभयो, “हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ । लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।

कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्  प्रहरी उपरीक्षक जोशीले भने ‘यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उनले बताए ।

त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको ४ करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्