Shikhar Insurance
National Life

कालीकोटका चार स्थानीय तहद्वारा गाउँमै नून वितरण, खर्च जोगिएपछि स्थानीयवासी खुसी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १६:२१
Hyundai
NCELL
NIMB

कालीकोट । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नून बिक्रि वितरण सुरु गरेको छ । खाँडाचक्र नगरपालिका-१ मान्ममा रहेको साल्टट्रेडिङ कर्पोरेसनमा नुन खरिद गर्न जाँदा लागत बढी र समय धेरै लाग्ने भएकाले स्थानीय तहबाटै बिक्री वितरण गर्न थालिएको हो ।

जिल्लाका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै र सान्नी त्रिवेणी गाउँपालिकाले आफैँ नून खरिद गरी नागरिकलाई बिक्रि वितरण गर्न थालेको छ । खाँडाचक्र नगरपालिका(१ मान्ममा रहेको साल्टट्रेडिङ कर्पोरेसनमा नुन खरिद गर्न जाँदा लागत बढी र समय धेरै लाग्ने भएकाले स्थानीय तहबाटै बिक्री वितरण गर्न थालिएको हो । सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा एक सय ७५ क्विन्टल नून खरिद गरेर बिक्रि गर्न थालेको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,“आयोडिनयुक्त नून गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नून ढुवानी गरी तत्काल वितरण थालिएको छ । विगतमा नून लिन २ हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो ।”साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरी नून बिक्रि गरेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए ।

“लामो प्रयासपछि स्थानीय तहबाटै नून बिक्रि वितरण हुन थालेको छ । अहिले अस्थायी कार्यालय खोलेर वितरण थालेपनि यसलाई स्थायी बनाइ नियमित वितरणको तयारीमा छौँ” उनले भने । यसअघि रास्कोट नगरपालिकाले स्थानीय तहबाटै नून बिक्रि वितरण गर्दै आएको थियो । “हामीले गत वर्षदेखि रास्कोटबाट नून वितरण गर्दै आएका छौँ । यसले नागरिकको समयको बचत र नागरिकको खर्च बचत भएको छ ।”रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

महाबै गाउँपालिकाले गाउँबाटै नून वितरण सुरु गरिसकेकोले नागरिकले नूनको लागि खेप्नुपर्ने सास्ती हटेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । गाउँबाट सदरमुकाम नून लिन जान रु दुई हजारभन्दा बढी खर्च लाग्ने गर्छ । प्रतिकिलो ९ पर्ने नूनका लागि लागत खर्च धेरै भएको नरहरिनाथ गाउँपालिकाका-९ लालुका रामबहादुर शाहीले बताए । उनले भने,“यहाँबाट सदरमुकाम जान एक दिन समय लाग्छ, पाँच किलो नून ल्याउन गाडी भाडा रु दुई हजार लाग्छ । गाउँमै नून उपलब्ध हुँदा हामीलाइ सजिलो भएको छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्