Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ३ अर्ब

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । २०८१ सालको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । वर्षको पहिलो कारोबरा दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.३५ अंकले घटेर २०२३.३५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय ३४ रुपैयाँ रहेको छ ।

साथै, आज १०८ कम्पनीको सेयर मूल्य घट्दा १२७ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्