Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा शून्य मौज्दातमै खोल्न सकिने ‘अल इन वान’ खाता सार्वजनिक

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुका लागि ‘महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता’ ‘(अल इन वान)’ सञ्चालनमा ल्याएको छ । बैंकले लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यले अल इन वान सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आश्वा तथा टिएम एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्ने बैंकले जनाएको छ । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएम एस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आश्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टिएम एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्