Shikhar Insurance
National Life

मानुषी लघुवित्तको साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभासम्पन्न भएको छ । सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।

सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । साथै सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले आव २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आव सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४२४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्