काठमाडौं । वर्षको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन(शुक्रबार) प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय संघका अनुसार तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्