Shikhar Insurance
National Life

माछापुछ्रे बैंकको सिइओमा दोहोरिए सन्तोष कोइराला, बैंकिङ क्षेत्रमा सानदार करियर

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १८:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला दोहोरिएका छन् । २०८१ वैशाख १ गतेदेखी लागू हुनेगरी कोइरालाको कार्यकाल थपिएको हो । कोइरालाको कार्यकाल थपिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते बसेको ४९४ औं बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन्तोष कोइरालालाई आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा लिइन्छ । कोइरालाको पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको थियो ।

कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । कोर बैंकिङ व्यवसाय तथा अपरेशनमा अब्बल कोइरालाको नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वाससहित सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरिएको बताएको छ । कोइराला हाल बैंकर एशोसिएसनको उपाध्यक्ष समेत रहेका छन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्