काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको न्युनतम १४६ रुपैयाँ बोलकबोल गर्नेले सेयर हात पारेका छन् । नबिकेको हकप्रद सेयरलाई कम्पनीले लिलाम बढाबढबाट बिक्रीमा राखेको थियो । जसमा १४६ रुपैयाँ बोलकबोल गर्नेले सेयर हात पारेका हुन् । ।
कमुपनीले चैत २७ गते गोप्य सिलबन्दी खुलाएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँमा ४६ लाख ११ हजार ५९३ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
खरिद गर्ने इच्छुक व्यक्ति तथा संस्थालाई चैत्र १२ गते देखि २० गतेभित्र आवेदन माग गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेयर लिलामीमा प्रविधिको प्रयोग नगरी पुरानो शैलीबाट बोलकबोल गर्दा अनियमितता हुने आशंका बढ्दै गएको छ
प्रतिक्रिया दिनुहोस्