Shikhar Insurance
National Life

चितवनका युवाले गरे इलेक्ट्रिक ह्विलचियर निर्माण, अशक्तका लागि सहज

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १३:२१
Hyundai
NCELL
NIMB

चितवन । शारिरिक रुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान स्कुल जान सजिलो भएको छ । युवा इन्जिनियर सुनिल परियारले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो ।

बम्जन इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र घर फर्कने गर्छन् । धेरै वर्षसम्म उनलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपथ्र्यो । शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताए । उनले भने,“नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला (ल्याब) सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् । नौ वर्षदेखि ह्विलचियर निर्माण र मर्मतको काम गरेका सुनिल परियार नेपालको वातावरणमैत्री ह्विलचियर निर्माण अभियानमा छन् । विद्यार्थीलाई पनि ह्विलचियर निर्माण र मर्मतको काम सिकाइरहेको उनले बताए ।

“विभिन्न डिजाइनका ह्विलचियरबारे अध्ययन गरेर अपाङ्गता भएका व्यक्ति, अस्पताल र सङ्घसंस्थाको अनुरोधमा नयाँ बनाउने र पुरानो मर्मत गर्ने काम ल्याबले गरिरहेको छ । ल्याबले फ्रेम डिजाइनिङ गरेर नयाँ मोडलको ह्विलचियर उत्पादन गर्छ” उनले बताए । सबै अपाङ्गता भएका नागरिकलाई सरकारले निःशुल्क ह्विलचियर उपलब्ध गराउनुपर्ने उनको जोड छ ।

इन्फिनिटी ल्याबसँग आबद्ध खेम केसी सरकारसँग समन्वय गरी काम गर्न इच्छुक रहेको बताउँछन् । केसीले आवश्यकताअनुसारको डिजाइन र साइजमा ह्विलचियर निर्माण गरिरहेको बताए । दुर्घटना, मस्तिष्कघात र स्पाइनलकर्ड इञ्जुरीका बिरामीलाई ह्विलचियरको आवश्यकतापर्ने केसीको भनाइ छ । उनले भने,“ह्विलचियर नपाएमा स्पाइनलकर्ड इञ्जुरीको बिरामी श्ययामा नै हुन्छ । शरीरमा रक्त प्रवाह राम्रो हुँदैन ।” उनले अस्पतालमा १२ वर्ष काम गरेर त्यहाँ बिरामीले भोग्ने समस्या देखेपछि ह्विलचियर उत्पादनको काममा लागेको बताए ।

इञ्जिनियर सुनिलले भूकम्पपछि लामो समय अध्ययन गरी नेपालमै पहिलोपटक इलेक्ट्रिक ह्विलचियर उत्पादन सुरु गरेका हुन् । उनले ह्विलचियरबारे जनचेतनाान कमी र ह्विलचियर मैत्री वातावरण नरहेकोे बताए । “ह्विलचियर प्रयोग गर्न लजाउने प्रवृत्ति अझै देखिन्छ, यसका लागि सामाजिक सचेतना जरुरी छ । अपाङ्गता भएकालाई घरभित्रै राख्ने बानी अन्त्य गरी ह्विलचियरमा हिँड्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ” उनले बताए ।

इन्फिनिटी ल्याबको भूमिका प्रेरणादायी रहेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराइले बताए । उनले यस्ता किसिमका अनुसन्धान र विकासका काममा राज्यको सहयोग आवश्यक रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्