Shikhar Insurance
National Life

तुलसीपुर उपमहानगरको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १६:२०
Hyundai
NCELL
NIMB

दाङ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण सुरु गरेको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले भवन निर्माण ७० प्रतिशत पूरा भएको बताएका हुन् ।

उनका अनुसार तोकिएको समयसीमाभित्रै भवनको निर्माण सम्पन्न हुनेगरी अहिले निर्माण कार्यले तीव्रता पाएको छ । हालसम्म सो भवनको ‘अण्डरग्राउण्ड’सहित छैटाौं तलाको ढलान सम्पन्न भइसकेको छ । अहिले सातौँ तला थप्ने र भित्री भागमा ‘फिनिसिङ’ भइरहेको इञ्जिनियर योगीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बहुउद्देश्यीय भवन निर्माण तीन वर्षमा पूरा गर्ने समानान्तर–डायनामिक–नारायणम जेभीले भ्याटसहित रु १६ करोड ४३ लाखमा ठेक्का सम्झौता भएको थियो । कूल लागतमध्ये ७० प्रतिशत नगरविकास कोष र ३० प्रतिशत उपमहानगर बेहोर्ने सहमति भएको उपमहानगरपालिकाका सूचना अधिकृत बाबुराम आचार्यले जानकारी दिए । व्यापारिक भवनमा विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्