Shikhar Insurance
National Life

डेढ लाख घुससहित पोखरा महानागरकी सब-इन्जिनियर उषा किरणसहित २ पक्राउ

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित २ जना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको छ ।

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उहाँले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्शा दिनका लागि आर्थिक लेनदेन भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोईरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको जानकारी गरे ।

पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । १ जना महानगरपालिकाकै कर्मचारी अर्का एक जना भने बाहिरको व्यक्ति भएको बताइएको छ ।

न्युज एजेन्सी नेपाल

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्