काठमाडौं । सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य झरेको छ । लगातार रेकर्ड कायम राखेको सुनको भाउ बिहीबार २ सय रुपैयाँले घटेको हो ।
बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३६ हजार ८ सय रुपैयाँले रेकर्ड कायम राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्