Shikhar Insurance
National Life

वर्षमान अर्थमन्त्री बनेपछि सरकारी खाताबाट १ खर्ब ३२ अर्ब भुक्तानी, खाता डेढ खर्बले ऋणात्मक

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार ०९:००
Hyundai
NCELL
NIMB

काठमाडौं । फागुन २३ गते वर्षमान पुनले अर्थ मन्त्रालय सम्हालेयता सरकारी खाताबाट १ खर्ब ३२ अर्ब भुक्तानी भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुन मन्त्री भएपछि ७३ अर्ब ३ करोड ४८ लाख चालु शिर्षकमा खर्च भएको छ । विकास खर्च शिर्षकमा १९ अर्ब ३२ करोड ५१ लाख  भुक्तानी हुदाँ वित्तीय व्यवस्थातर्फ ४० करोड ६३ लाख भुक्तानी भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु वर्षको तेस्रो क्वाटर सकिन लाग्दा सरकारको खर्च ९ खर्ब नाघेको छ । बुधबार (चैत २८ गते) सम्म सरकारको कुल खर्च ९ खर्ब १ अर्ब पुगेको छ । सरकारको कुल आम्दानीको तुलनामा खर्च १ खर्ब ५५ अर्ब ऋणात्मक छ । संकलित राजस्वबाट चालु खर्च समेत धान्न नसकेपछि सरकारले धमाधम आन्तरिक ऋण उठाएर खर्च धानिरहेको छ ।

अर्थमन्त्री बनेपछि मन्त्री पुनले मुठ्ठी खुला गरेर खर्च गर्ने बताएका थिए । तर उनले सरकारको नियमित भुक्तानीलाई मात्रै निरन्तरता दिएका हुन् । सरकारले खर्च गर्न नसक्दा राजस्वमा पनि असर गरेको भन्दै खर्च बढाएर राजस्वको वृद्धिदर गतवर्ष भन्दा २० प्रतिशत बढी असुल गर्ने मन्त्री पुनले बताएका थिए ।

गत आर्थिक वर्ष राजस्व संकलनमा दबाब बढ्दा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनिवार्य बाहेकको दायित्व भुक्तानी दिन नसकिने भन्दै विभिन्न शर्षकमा भुक्तानी रोकेका थिए । मन्त्री पुनले भुक्तानीलाई भने रोकेका छैनन् ।

यद्यपी मन्त्रालयले कोभिड बीमा, कृषि बीमा, निर्माण व्यावसायी लगायतको भुक्तानी भने दिन सकेका छैनन् । चैत महिना राजस्वको हिसाबले महत्वपुर्ण महिना हो । यो महिना करदाताहरुले अग्रिम आयकरको ३० प्रतिशत रकम दाखिला गर्नुपर्छ । यसको लागि चैत मशान्तसम्मको समय दिएको हुन्छ ।

बुधबार (चैत २८ गते) सम्म राज्य कोषमा ७ खर्ब ४५ अर्ब कुल प्राप्ति भएको छ । चैत महिनामा आन्तरिक राजस्व विभागले मात्रै ७५ अर्ब १० करोड राजस्व संकलन गर्ने महत्वकाँक्षी लक्ष्य लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्