Shikhar Insurance
National Life

बागमतीका नगरप्रमुख भरतकुमार थापाविरुद्ध साढे ५ करोड मिनामीनाको मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १६:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

प्रमुख थापाले गैरकानुनी रुपमा ५ करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । नगर प्रमुख थापाले विसं २०७४ असोजदेखि विसं २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार अवैध तरिकाले कूल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कूल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार एक सय ७९ अवैध तरिकाले आम्दानी गरेको अख्तियारका दाबी छ । यसैगरी आयोगले नगर प्रमुख थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतका नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानीमा भ्रष्टाचार गरेको रकम खर्च भएको उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्