Shikhar Insurance
National Life

मेसिन बिग्रेपछि असुरक्षित हेण्डपम्पको पानी पिउँदै शुक्लाफाँटाका स्थानीय

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १६:४३
Hyundai
NCELL
NIMB

कञ्चनपुर । एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बिग्रिएको मेसिन मर्मतका लागि प्राविधिकको समयमै व्यवस्था मिलाउन नसक्दा स्थानीय खानेपानीको सेवाबाट वञ्चित भएका हुन् ।

समयमै मेसिन मर्मत नहुँदा टाढाबाट पानी ल्याएर पिउने व्यवस्था मिलाउनु परेको स्थानीयले गुनासो गरेका छन् । पिपलाडी स्वास्थ्य चौकीमा पुग्ने बिरामी, स्वास्थ्यकर्मीलगायत पनि खानेपानीको व्यवस्था नहुँदा समस्यामा परेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बसन्त धामीले बताए । एक सातादेखि खानेपानी आपूर्ति नहुँदा हेण्डपम्पबाट बाल्टिनमा पानी भरेर ट्याङ्कीमा राख्दै आएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धामीले भने,“खानेपानीको मेसिन बिग्रएको छ । अहिलेसम्म मर्मत नहुँदा निकै सास्ती खेप्दै आएका छौँं । शुद्ध पिउने पानीको आपूर्ति नहुँदा विकल्पका रुपमा असुरक्षित हेण्डपम्पको पानी पिउँदै आएका छौँ ।” खानेपानी व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ऐरले शुक्रबारदेखि खानेपानीको आपूर्तिमा समस्या देखिएको बताए । “प्राविधिकले विद्युत् आपूर्तिमा समस्या देखिएको छ भनेपछि पावर आपूर्ति ठिक गर्ने कार्य गर्‍यौँ । त्यसपछि पनि मेसिन सञ्चालनमा आउन सकेन, स्थानीय प्राविधिकले समस्या समाधान गर्न नसकेपछि नजिकैको झलारी बजारबाट प्राविधिक ल्याएर पनि समस्या समाधान हुनसकेको छै” उनले भने ।

पानी ट्याङ्कीमा पुर्‍याउने विद्युतीय मोटरमा खराबी आएको हो वा तार सर्ट भएर यस्तो भएको भन्नेबारे अझैसम्म प्राविधिकले पत्ता लगाउन नसकेको अध्यक्ष ऐरले बताए । ऐरले भने,“समस्या समाधानका लागि कैलालीको धनगढीबाट प्राविधिक मगाएका छौंँ । एकरदुई दिनमा समस्या समाधन गरी पानी आपूर्ति गर्छौँ ।” विसं २०७४ मा दातृ निकायको ४३ लाखको लागतमा खानेपानी आयोजना निर्माण भएको थियो । आयोजनाबाट दुई सय २५ उपभोक्तालाई पानी आपूर्ति हुँदै आएको छ । खानेपानीको ट्याङ्कीको क्षमता दुई हजार पाँच सय लिटर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्