काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफुहरुले सहकारी ठगि प्रकरणमा आफूहरुले कसैलाई दोषि करार नगरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरुले सहकारी ठगिमा कसैलाई दोषि करार नगरेको बताएका हुन्र ।
उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट पैसा अपचलन गरेर गोर्खा मिडिया प्रालिका नाममा १ अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रालिको प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताए ।
उनले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाएपनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने बताए । उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको जानकारी गरे ।
उनले नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताए । कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्