Shikhar Insurance
National Life

निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ तर वातावरण बनाइदिनुपर्छ : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वैदेशिक अनुदान निरन्तर घट्दो रहेको र वित्तीय व्यवस्थापन खर्च पूँजीगत खर्च भन्दा झन्डै दोब्बर भएका बताए । उनले वैदेशिक अनुदान निरन्तर घटिरहेको पनि जानकारी लिदए । उनले वित्तीय व्यवस्थापन खर्च पूँजीगत खर्च भन्दा झन्डै दोब्बर भएको र आन्तरिक स्रोत बढाउन नसके नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको बताए । उनले रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ढकालले देश विकासका रणनीतिहरु बाहिरी प्रभाव भन्दा पनि माटो र परिस्थिति सुहाउँदो हुनुपन बताए । उनले युवाहरुका सपना खाडीमा खेर जान दिनु नहुने बताए । उनले उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिए रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्नसक्ने बताए । उनले देश विकासका लागि निजी क्षेत्रलाई थप हौस्ला प्रदान गर्न आवश्यक रहेको जानकारी गरे । उनले निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार रहेको भन्दै सरकारले वातावरण मिलाइदिन आग्रह गरे । अध्यक्ष ढकालले अर्थतन्त्रलाई सबल बनाउन सबै मिलेर काम गर्न आवश्यक रहेका बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्