Shikhar Insurance
National Life

स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १२:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् ।

उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५÷४० प्रतिशतसम्म पु¥याउने र सेवा क्षेत्रलाई ५०÷५५ प्रतिशतमा पु¥याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको जानकारी गरे ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्