काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नरहेको बताएका छन् ।
बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले देश औद्योगिकरण हुन नसक्नुको आधारभुत कारण खोज्न जरुरी रहेको बताए । उनले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताए । उनले पानी जन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको जानकारी गरे । विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुन बताए ।
पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने जानकारी गरे । उनले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने जानकारी गरे ।
प्रतिक्रिया दिनुहोस्