Shikhar Insurance
National Life

निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न सक्दैन : अध्यक्ष लिङदेन

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए । उनले सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले ऐन, कानून लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने जिकिर गरे । उनले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसकेको जानकारी गरे । उनले देश लगानीकर्ताहरुलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको बताए । उनले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए ।

उनले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताए । उनले सबै राजनीतिक दलहरुले उद्योगी व्यवसायीहरुसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्ने शाहस गर्न आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्