Shikhar Insurance
National Life

चेम्बरको नयाँ अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण गरे । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्धिराष्ट्रियमा निलकण्ठ चौलागाई र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । ७३ औं वार्षिक साधारणसभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्