Shikhar Insurance
National Life

नेक्सजेन म्यानेजमेन्टले बैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको कार्यक्रम संचालन गर्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको कार्यक्रम गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

युवाहरूलाई प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासँग समन्वय गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले गत फागुनदेखि सेवा प्रारम्भ गरेको हो । बैशाख ८ गतेको कार्यक्रमपछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीहरूसँग छलफल गरि उनीहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्