Shikhar Insurance
National Life

नगद रहित भुक्तानी प्रणालीका लागि प्रभु बैंकद्वारा ‘यु आर स्ट्याण्ड’ प्रदान

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १५:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समिति’ लाई ‘क्यु आर स्ट्याण्ड’ उपलब्ध गराएको छ । बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि ‘यु आर स्ट्याण्ड’ उपलब्ध गराएको हो ।

यो सेवाले कागबेनीका भक्तजनहरुलाई सहज हुने बैंकले जनाएको छ । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैंकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैंक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् । प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्