Shikhar Insurance
National Life

विन लघुवित्तको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ पुगेको हो ।

आज ३१५ कम्पनीको सेयर ९७ लाख ८९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ कारोबार भएको छ । मंगलबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज विन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकरात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.३३ प्रतिशत, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.४२ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.४२ प्रतिशत सहित ११७ कम्पनीको सेयरमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्