काठमाडौं । प्रभु बैंकले २२ औं वार्षिक साधारण सभा वैशाख २० गते बोलाएको छ ।
कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ४ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्