Shikhar Insurance
National Life

लागुऔषध कारोबार रोकथाममा सहयोग गर्ने भारतीय पक्षको प्रतिबद्धता

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १६:०१
Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागुऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा यस्तो प्रतिबद्धता भएको हो ।

सीमा क्षेत्रबाट हुने गरेको लागुऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । खुला सीमाका कारण भारतीय क्षेत्रबाट लागुऔषध कैलाली सहितका जिल्लामा भित्रिने गरेको छ । प्रहरीले लागुऔषध कारोबार र सेवनमा लाग्नेलाई धमाधम पक्राउ गरेपनि समस्या समाधान हुनसकेको छैन । केही हप्तापछि भारतमा हुन लागेको लोकसभाको चुनावलाई मध्यनजर गरी बसेको बैठकमा सीमा क्षेत्रमा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट बेलाबखत हुने दुव्र्यवहार रोक्नुपर्ने नेपाली पक्षले कुरा उठाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख जिल्ला अधिकारी मिश्रले भने,“बैठकमा मैले नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने गरेको दुव्र्यवहार रोक्नुपर्ने कुरा उठाएँ, भारतीय पक्षले यस्तो हुन नदिने प्रतिवद्धता गर्नुभयो । बैठकमा भारतमा हुन लागेको चुनावको ७२ घन्टा अघि सीमा सिल गर्ने, एम्बुलेन्स लगायतका अति आवश्यक सवारी साधनको आवागमनमा भने रोक नलगाउने, चुनावको बेला सीमामा कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी गर्ने, वन तथा वन्यजन्तु र व्यापारिक मालसामनको चोरी तस्करी नियन्त्रणमा मिलेर काम गर्ने समझदारी भएको छ ।”

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीको तल्लो तहसम्म सूचना आदानप्रदान गर्ने विषयमा प्रतिबद्धता गरिएको छ । बैठकमा नेपालको तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, कैलाली भन्सार कार्यालय, वन डिभिजन कार्यालय प्रमुखको सहभागिता रहेको थियो । भारतको तर्फबाट उत्तर प्रदेश, लखिमपुर (खिरी) जिल्लाको डिस्ट्रिक मजिष्ट्रेट (जिल्ला अधिकारी) महेन्द्रबहादुर सिंह, सहायक डिस्ट्रिक मजिष्ट्रट, सीमा सुरक्षा बल (एसएसबि), का प्रमुख लगायतको सहभागिता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्