Shikhar Insurance
National Life

आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ मा पुगेको हो ।

आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ रुपैयाँ कारोबार भएको छ । आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल फाईनान्स लिमिटेड, पोखरा फाईनान्स लिमिटेड, जानकी फाईनान्स लिमिटेड, गुरासँ लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.७४ प्रतिशत, दोल्ती पावर कम्पनी लिमिटेडको ९.५५ प्रतिशत, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.०२ सहित २१५ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्