Shikhar Insurance
National Life

२२.७५ अंकले बढ्यो सेयर बजार, ४ अर्ब २५ करोड कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ मा पुगेको हो ।

आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोट सेयरको कारोबार भएको छ । आज कम्पनीको ९५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार ८१ रुपैयाँ रहेको छ ।

साथै, आज ७९ कम्पनीको सेयर मूल्य घट्दा २१५ कम्पनीको बढेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्