काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले पुन : रेकर्ड बे्रक कगरेको छ । आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन(शुक्रबार)सुनको मूल्य १ लाख ३२ हजार ७ रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुनको मूल्य पनि २ हजार ९ सय रुपैयाँ बढेको छ ।
साथै, आइतबार चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्