Shikhar Insurance
National Life

१०.५२ प्रतिशत लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तको साधारण सभा आज बस्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा आज बस्दैँछ । कम्पनीले चैत १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा आज(चैत्र २५ गते) पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बस्ने भएको हो ।

सभाले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेटछ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीलाई गाभ्ने–प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न कम्पनीले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत्र १५ गते बुक क्लोज गरि सकेको छ । जसअनुसार चैत १४ अघिल्लो दिनसम्म कायम सेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्