Shikhar Insurance
National Life

स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

सिंहदरबार संवाददाता
२०८० चैत्र २४, शनिबार १९:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको बताए । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गरे ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए । उनले युवाहरुको उद्यमशिलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताए ।

मन्त्री भण्डारीले स्थानीय तहलाई मजबुत बनाएर स्थानीय उत्पादन बढाउन केन्द्र सरकारले जोड दिनुपर्ने बताए । उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारका कानुनसित नबाँझिने गरेर कार्यविधि बनाएर अगाडि बढेनुपर्नेमा जोड दिए ।

उनले भने, “नेपालका उद्योगमा विदेशी जनशक्ती छन्, हाम्रो जनशक्तीले तालिम नलिएका पनि छैनन्, तालिमको सदुपयोग कसैले गरेका छैनन्, यस्तो अवस्थामा हामी दक्ष जनशक्ती उत्पादन गर्न सक्दैनौँ, हाम्रा उत्पादनको बजार नभएको होइन, उत्पादनको पनि कमी छ ।”

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्