Shikhar Insurance
National Life

व्यक्तिलाई टार्गेटमा राखेर ट्रान्फरेन्सीले किन निकाल्यो सीओआईको विषय?  

सिंहदरबार संवाददाता
२०८० चैत्र २४, शनिबार १९:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । चैत २१ गते एक विज्ञप्ति जारी गर्दै ट्रान्फरेन्सी इन्टरनेश्नल नेपालले तोयम राया महालेखा परिक्षक बन्न नहुने बतायो । संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परिक्षक बन्न इच्छुक व्यक्तिहरुसँग आवेदन माग गरेको थियो । सो आवेदनमा १६ जना व्यक्तिले निवेदन दर्ता गराएका थिए ।

आवेदन दिएका १६ जनामध्ये परिषदले चैत १७ गते तोयम रायालाई महालेखा परिक्षकमा सिफारिस गर्यो । रायालाई सिफारिस गरेको ५ दिनपछि ट्रान्फरेन्सी इन्टरनेश्नल नेपालले रायालाई नियुक्ति गर्न नहुने भन्दै विज्ञप्ति निकाल्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्रान्फरेन्सीले कन्फिल्क्ट अफ इन्ट्रेस्ट (सिओआई) हुने भन्दै नियुक्त गर्न नहुने बताएको छ । यसभन्दा अघि यो संस्थाले कुनैपनि संवैधानिक नियुक्तिमा विज्ञप्ति निकालेको इतिहास छैन । सचिवबाट सिधैं महालेखा परिक्षक बन्न नमिल्ने ट्रान्फरेन्सीका अध्यक्ष पद्मिनी प्रधानाङगले विज्ञप्ति मार्फत बताएका छन् ।

अध्यक्ष पद्मिनीले सिंहदरबारसँग भने ‘अरु अध्यक्ष हुदाँ के गरे थाहा भएन तर म हुदाँ कन्फिल्क्ट अफ इन्ट्रेस्टको काम भयो त्यसैले विज्ञप्ति निकालेको हो, अहिले सचिवबाट सिधैं महालेखा जादाँ आफूले गरेको खर्चको आफैंले अडिट गर्नुपर्ने हुन्छ हामीलाई त्यस्तो लागेकोले यो काम गरेका हौं ।’

निवर्तमान महालेखा परिक्षक टंकमणी शर्मा दंगाल पनि प्रधानमन्त्री कार्यालयबाट २०७४ मा महालेखा परिक्षक  नियुक्ति भएका थिए । पुर्व महालेखा परिक्षक दंगालको खर्च हिसाब गर्नु नपर्ने ठाउँमा भएकोले परिक्षक बन्न मिलेको जिकिर अध्यक्ष प्रधानाङगको छ ।

सिओआइको विषयमा महालेखा परिक्षक मात्रै होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि छ । हाल आयोगमा पुर्व सचिव प्रमुख आयुक्तको रुपमा प्रेमकुमार राई  कार्यरत छन् ।

ट्रान्फरेन्सीले व्यक्तिलाई लक्षित गरेर विज्ञप्ति जारी नभएको अध्यक्ष प्राधानाङगको भनाई छ । उनले भने ‘हामीले व्यक्तिलाई टार्गेट गरेका होइनौं सिस्टमलाई टार्गेट गरेका हौं तोयम राया मेरो मन पर्ने सचिव ज्यू पनि हो उहाँबाट यस्तो काम होला भन्ने मैले आशा पनि गरेको थिइन, व्यक्तिलाई टार्गेट गरेका होइनौं मेरो बाउ मेरो छोरा गएपनि विज्ञप्ति निकालेरै छाड्थ्यौं ।’

उनले थपिन ‘हाम्रो टिममा कुनैपनि व्यक्ति पार्टि नजिकका पनि छैनन्, नातावाद कृपावाद पनि छैन । हामी सरकारले कहिले गलत गर्ला भनेर कुरेर बस्ने मान्छे हो । यति पनि नगर्ने हो भने हामी त चुप लागेर बसे भैहाल्यो । उहाँ राम्रो मान्छे हो मलाई पनि चित्त दुखेको छ । तर चित्त दुखेर के गर्नु ।’

ट्रान्फरेन्सीले विज्ञप्ति निकाल्नु सुनियोजित देखिएको एक पुर्व सचिवले बताए । ती पुर्व सचिवले सिंहदरबारसँग भने ‘विज्ञप्तिको प्रकृति हर्दा सुनियोजित देखिन्छ, विज्ञप्तिको बेहोरा पढ्दा नै बाहिरबाट कसैले लेखेर संस्थाको लेटर प्याड प्रयोग भएको जस्तो देखिन्छ ।’

नेपालको कानुनले सचिवबाट संवैधानिक नियुक्तिमा जान कुनैपनि कानुनले नछेक्ने ती सचिवको भनाई छ । यसरी सबै पदमा सिओआई लगाउने हो भने कुनै पनि सरकारी कर्मचारी महालेखाको परिक्षक बन्न नमिल्ने उनको भनाई छ । उनले थपे ‘कुनै न कुनै मानिस कहि न कहि कारोबारको दायरामा आएको हुन्छ,यस्तो कुरालाई विषय बनाउने हो भने  कुनैपनि नेपाली महालेखा परिक्षक बन्न योग्य हुदैनन् ।’

महालेखा परिक्षक कार्यालयको अडिट कसले गर्छ ?

ट्रान्फरेन्सीले सीओआईको विषय उठान गरेपनि प्राविधिक र कानुनी हिसाबले मेल खादैन । किनभने महालेखा परिक्षक कार्यालय आफैंले गर्ने खर्चको लेखापरिक्षण आफैंले गर्नुपर्छ । ट्रान्फरेन्सीले भनेझै  सिओआई नपर्ने गरि जुनसुकै व्यक्तिलाई महालेखा परिक्षक बनाएपनि आफ्नै संस्थाको लेखापरिक्षण गराउँनुपर्ने कानुनी व्यवस्था छ । कानुनले नै परिकल्पना नगरेको विषयमा ट्रान्फरेन्सीले विज्ञप्ति निकाल्नु सुनियोजित देखिएको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्