Shikhar Insurance
National Life

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १६:२७
Hyundai
NCELL
NIMB

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

महरालाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र) का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी) का १ र १ स्वतन्त्र एक सदस्यको समर्थन छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्