Shikhar Insurance
National Life

धितोपत्र ब्रोकर्श एशोसिएसनले घोषणा गर्‍यो राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेता

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा गरेको छ । डिब्यान ले ‘ग्लोबल मनी विक-२०२४’ को उपलक्ष्यमा आयोजित प्रतियोगिताको बिजेताको घोषणा गरेको हो ।

फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन चैत ७ गते साँझ ५:०० बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

”Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । त्यसैगरी मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् ।

प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार नगद पुरस्कार प्राप्त गरेको डिब्यानले जानकारी दिए । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो ।

विश्व वित्तिय सप्ताह (ग्लोबल मनी विक-२०२४) किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्