काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ७ सयमा झरेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ रहेको थियो ।
साथै, आज शुक्रबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो दिन चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्