Shikhar Insurance
National Life

खनाल-नेपाल समुहका २२ सांसदले भोली राजीनामा गर्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार २०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) खनाल-नेपाल समुहका २२ जना सांसदहरुले भोली बिहिबार राजीनामा गर्ने भएका छन् । पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार कुनै पनि हालतमा ढाल्नुपर्ने निष्कर्षमा रहेको नेपाल–खनाल समुहका २२ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले भोली राजीनामा दिएर शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि बाटो खोलिदिने भएका हुन् ।

सुरेन्द्र पाण्डे, योशेग भट्टराई र गोकर्ण बिष्टहरुले राजीनामाका विषयमा फरक मत राखेको भए पनि सामुहिक निर्णय मान्ने बताएपछि ओली सरकार ढल्ने पक्का भएको हो । ‘आज रातभरमा नयाँ घट्नाक्रम विकासित भएन भने भोली सामुहिक राजीनामा आउँछ र ओली सरकारको विकल्प भेटिन्छ’, श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खनाल-नेपाल समुहका १६ जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएमा ओली सरकार ढल्नेछ । नेपाल समुहमा २२ जना प्रत्यक्ष निर्वाचित सांसद छन् । उनीहरुले उप निर्वाचनबाट पुनः सांसद बन्ने सुनिश्चितता पनि पाईसकेका छन् । देउवा प्रधानमन्त्री भएपछि उप निर्वाचन गराउने र त्यसमा गठबन्धनका साझा उम्मेदवारका रुपमा राजीनामा गर्ने सांसदहरुलाई नै जिताउने सहमति पनि भैसकेको छ ।

उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुषालले राजीनामा गर्ने सूचना सामाजिक सञ्जालबाटै सार्वजनिक गरिसकेका छन् । ओलीले पार्टी एकताका लागि कुनै पहल नगरेको भन्दै खनाल-नेपाल समुहले उनको बहिर्गमनलाई पहिलो सर्तका रुपमा अघि सारेको छ । ‘पार्टी एकता भत्काउने, दुई तिहाईको जनमतलाई लत्याएर संसद विघटन गर्ने, अन्तराष्ट्रिय सम्बन्ध ध्वस्त बनाउने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने ओली सरकार हटाउनका लागि जे जे गर्ने हो त्यो सबै गरिन्छ’, श्रोतले भन्यो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्