Shikhar Insurance
National Life

कुमारी बैंकद्वारा आयोजित कार्यक्रममा १ सय ४५ जनाले गरे रक्तदान

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले २३ औं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा १ सय ४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवस्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा” पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पु¥याएको छ । बैंकले “सबैका लागि सधैका लागि” भन्ने मूलका साथ आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्