Shikhar Insurance
National Life

विदेशि विनिमय सञ्चिति १९ खर्ब नजिक, करिब १५ सहिनाको आयात धान्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको फागुन मसान्त सम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनाको विदेशी विनिमय सञ्चिति अनुसार नेपालले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्रयाप्त देखिन्छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु
क्रमश ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा
फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा फागुन मसान्तमा १८.२
प्रतिशतले वृद्घि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्